विधेयकको विरोधमा कांग्रेसको ज्ञापन पत्र

विराटनगर, ५ माघ । नेपाल सेवा विधेयक र विकास तथा प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत कांग्रेसले ज्ञापन पत्र बुझाएको हो ।

लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन पत्र बुझाइएको हो ।

संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक(पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

The post विधेयकको विरोधमा कांग्रेसको ज्ञापन पत्र appeared first on Koshi Online.

भ्रमण वर्षको प्रचार गर्न थाइल्याण्डमा २ महिना भिडियो प्रदर्शन

Previous articleसापकोटालाई सभामुख उम्मेद्वार बनाउने नेकपाको निर्णय
Next articleडा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री ओलीलाई सोधिन् अन्तिम प्रश्न !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।