
इरानको सातौँ ठूलो सहर कौममा कोरोना भाइरसबाट गएको दुई सातामा ५० जनाको ज्यान गइसकेको त्यहाँको एक समाचार एजेन्सीले जनाएको छ।
यसअघि सरकारले १२ जनाको मृत्यु भएको र ४७ जना संक्रमित भएको जनाएको थियो।
तर, समाचार एजेन्सी आईएलएनएले ५० को मृत्यु भइसकेको दाबी गरेको छ। सो सहरमा २ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।
पछिल्लो समय भाइरस उद्गमस्थल चीनमा संक्रमितको दर घट्दै जाँदा इरान, दक्षिण कोरिया र इटलीमा संक्रमितको संख्या वृद्धि हुँदै गएको छ। एजेन्सी
ऊर्जामन्त्री पुनको भारतसंग आग्रह : अब हाम्रो विद्युत किन्नुस्


