कर्णालीमा जीप खस्यो, एक जनाको मृत्यु

कर्णाली नदीमा जिप खस्दा एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जिप खसेको हो।

रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जिप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभएको छ ।

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ। जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

काे’रोना देखिएको १६५ देशमध्ये नेपाल मात्रै पूर्ण समाधान गर्ने देशकाे सूचिमा

Previous articleचीनमा कोरोनाबाट संक्रमित २७ हजार ३२३ उपचारपछि स्वस्थ बने
Next articleब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर च्याम्पियनसिप खेल्न युरोप प्रस्थान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।