पूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

लमजुङ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले लमजुङको सरदमुकाम स्थित बेसीशहर नगरपालिकाकी पूर्वनासु तहकी एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा चलाएको छ । नगरपालिकाको ‘टाइपिष्ट’ पदको नायब सुब्बा तहकी गीता अधिकारी विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

अधिकारीले डेढ महिना अघि २० वर्षको अवधि पुरा गरी राजीनामा गरी पेन्सनमा निस्किसकेको बेसीशहर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले बताए । उहाँका अनुसार हाम्रो मा समायोजनका क्रममा सरुवा भएर आएको कर्मचारी भएकोले प्रमाणपत्रका बारेमा हामीलाई जानकारी भएन । उनले भने, ‘उनलाई नगरपालिकाले नियुक्ति गरेको होइन, समायोजकको क्रममा जनस्वास्थ्य कार्यालयबाट आएकी हुन् । गत साउनदेखिमात्र यहाँबाट तलब खाने गरेकी हुन् । अख्तियारले निगरानीमा राखेको छ भन्ने थाहा भएको भए राजीनामा स्वीकृत हुन्नथ्यो, थाहा भएन, यहाँबाट गएको डेढ महिना नाघि सकेको छ ।’

माइती घर बेसीशहर र विवाहित घर भएकी पूर्वनासु अधिकारीका विरुद्ध अख्तियारद्वारा खरिदार पदमा प्रवेश गर्दा एसएलसी तहको झुटो शौक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा प्रवेश गरेको र नायब सुब्बा पदमा बढुवा भएको दाबी गरेको छ । अधिकारीले खरिदार तहको नोकरी शुरु गर्दा बिहार विद्यालय परीक्षा समिति पटना, भारतबाट ल्याएको एसएलसीको शैक्षिक प्रमाणपत्र पेश गरेकी रहिछन् ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको प्रेस विज्ञप्तीमा अधिकारीले भ्रष्टाचार निवारण ऐन अनुसार कसुर पुष्टी भएको हुनाले विशेष अदालतमा मुद्दा दायर गरिएको उल्लेख छ ।

The post पूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर appeared first on Rajdhani Daily News.

रत्ननगर -१४ को वडाध्यक्षमा नेपाली काँग्रेसका होमनाथ रानाभाट विजयी

Previous articleशसस्त्र प्रहरीद्धारा पाँच लाख नगद सहित, हुण्डी कारोवारी पक्राउ
Next articleपाल्पामा मगर दिवसमा बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।