शसस्त्र प्रहरीद्धारा पाँच लाख नगद सहित, हुण्डी कारोवारी पक्राउ

सर्लाही । सर्लाहीमा शसस्त्र प्रहरीले पाँच लाख नगद सहित एक हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । मलंगवा नगरपालिकामा ५ लाख १ सय नगद रुपैँया सहित एक भारतिय हुण्डी कारोवारी पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा ग्राम पंचायत वडा नं. १३ बस्ने ७०, वर्षिय गणेश महतो रहेका छन । भारतको सोनवर्षा बजारबाट मलंगवा तर्फ अवैध रुपमा आउँदै गरेको महतोलाई मंगलवार पक्राउ गरिएको हो ।

मलंगवा – ९, सिमावर्ती क्षेत्रमा शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको रकम सहित भारतिय नागरिक महतोलाई पक्राउ गरिएको शसस्त्र प्रहरी जिल्ला सुरक्षा वेश क्याम्प मलंगवाका प्रहरी निरिक्षक संजित सिंहले जानकारी दिए । ।

 पक्राउ परेका महतो ,नगद रुपैया आवश्यक कार्वाहीको लागि मंगलवार नै जिल्ला भन्सार कार्यालय मलंगवामा पठाईएको प्रहरी निरिक्षक सिंहले बताए ।

The post शसस्त्र प्रहरीद्धारा पाँच लाख नगद सहित, हुण्डी कारोवारी पक्राउ appeared first on Rajdhani Daily News.

आज वि.सं.२०७७ साल वैसाख ०८ गते सोमबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

Previous articleप्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको सभापति देउवाको भनाइ
Next articleपूर्व नासु अधिकारीविरुद्ध अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।