कम्युनिस्ट शासनमा कुलमान घिसिङलाई संकट, ९ अर्ब घोटालामा फसाएर मुद्दा चलाइँदै

Click Image

काठमाडौं – नेपाललाई लोडसेडिङमुक्त बनाएको भनेर चर्चामा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा संकट आइलाग्ने संकेत देखिएको छ ।

कार्यकारी निर्देशक घिसिङविरुद्ध ९ अर्ब घोटालाको मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी सुरू भएको छ ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत् प्राधिकरणका निर्देशक घिसिङ र पूर्व निर्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन सिफारिस गरेको छ ।

डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको भ्रष्टाचारबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले घिसिङ र काफ्ले सहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको छ ।

उपसमितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यलाई बोलाएर पटक–पटक सोधपुछ गरेको थियो । उपसमिति गठन हुनुअघि घिसिङले लेखा समितिको बैठकमा समेत आफूले इमान्दारिताका साथ बक्यौता उठाउने कोशिश गरिरहेको स्पष्ट पारेका थिए ।

घिसिङलाई सर्वसाधारणले इमान्दार प्रशासकको रुपमा बुझ्ने गरेपनि उनी अर्बाै भ्रष्टाचारमा मुछिने सम्भावना देखिएको छ ।

निर्वाचनमा फूलमाला बिक्री बढ्यो

Previous articleमारुनी गीत ‘नाचौ छम छम’को म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
Next articleसँधै पीडितको पक्षमा ‘सीधाकुरा जनतासँग’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।