मारुनी गीत ‘नाचौ छम छम’को म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

Click Image

काठमान्डाे / पुर्बेली लोकभाकाकाे मारुनी गीत “नाचौ छम छम” सार्वजानिक भएकाे छ । गायक अभय ढुंगेल, राजशुक्र लिम्बु तथा गायीकाहरू रूश्मा राई, फुडमा लिम्बुकाे सुमधुर स्वर रहेकाे उक्त गित सार्वजानिक भएको हाे । अभय ढुंगेलकाे शब्द संगीत रहेको उक्त गीत मनाेरन्जन नेपाल यूट्रयूब च्यानलबाट सार्वजानिक गरिएकाे छ । अत्यन्तै सुन्दर तरीकाले तयारगरीएकाे भिडियाेमा उमेश राई (फुलन्देको आमा), निरानजली लामा, सिसिर श्रेष्ठ, शशिकला राई लगायतहरूकाे बेजाेड अभिनय रहेकाे पाइन्छ । भिडियाेकाे काेरियाेग्राफर ज्ञानेन्द्र शर्मा हुमागाइ रहेका छन् ।

लाेपन्मुख मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, खस जाती, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। भिडियाेमा उक्त कुरालाइ राम्रे संग चित्रण गरेकाे पाइन्छ । भिडियाे

The post मारुनी गीत ‘नाचौ छम छम’को म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित) appeared first on Purbeli News.

आज वि.सं.२०७७ साल वैशाख ९ गते मंगलबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)

Previous articleपाल्पामा मगर दिवसमा बिदा
Next articleकम्युनिस्ट शासनमा कुलमान घिसिङलाई संकट, ९ अर्ब घोटालामा फसाएर मुद्दा चलाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।