साढे १५ लाखकाे अवैध सुनसहित २ जना पक्राउ

करिब १५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ सय ३३ ग्राम सुनसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। लहान नगरपालिका-१९ छर्रापट्टीबाट अवैध रुपमा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका-१९ छर्रापट्टी बस्ने २४ वर्षीय मो.मोतीउल रहमान र सोही ठाउँ बस्ने २१ वर्षीय मो.मुर्तुजा रहेका छन्।

काठमाडौं देखि लहानको खाडी चल्ने ना.४ ख ९३५७ नम्बरको बसबाट ओर्लिई को.३८ प २६३२ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त परिमाणको सुन सहित फेला पारी मोटरसाइकल चालक रहमान र मोटरसाइकलमा सवार मुर्तुजालाई पक्राउ गरेको हो।

पक्राउ अभियुक्तलाई बरामद सुनसहित भन्सार कार्यालय खाडीमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

आफ्नै ज्या’न खत’रामा हालेर देश र जनताको सुरक्षामा खटेको एक राष्ट्रप्रेमी सि’पाही हुँ :सर्वेन्द्र खनाल

Previous articleसाहको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ
Next articleदिल्ली हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।