
विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालका आन्तरिक विमानस्थलमा पनि यात्रुको स्वास्थ्य जाँच सुरु भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित रुपमा आन्तरिक उडानका यात्रुको परीक्षण गर्न निर्देशन नदिए पनि विमानस्थलहरुले सतर्कता अपनाएका हुन्।
साताव्यापी विश्व नेपाली साहित्य महोत्सवका लागि काठमाडौंबाट धनगढी पुगेका संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्य जाँच गरिरहेको तस्बिर पत्रकार नारायण वाग्लेले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन्।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले चिनियाँ पर्यटक बढी आउजाउ गर्ने ठाउँमा विशेष सावधानी अपनाउन मौखिक निर्देशन दिएको नेपालखबरलाई जानकारी दिए।
क्षेत्रीले भने, ‘पोखरा, भैरहवा र नारायणगढमा बढी चिनियाँ पर्यटक आउजाउ हुने भएकाले ती आन्तरिक एयरपोर्टमा विशेष सावधानी अपनाउन भनेका थियौँ।’
काठमाडौंस्थित एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा भने स्वास्थ्य मन्त्रालयले ‘हेल्थ डेस्क’ नै खडा गरेर विदेशबाट आउनेको स्वास्थ्य परीक्षण गर्दै आएको छ।
साताव्यापी विश्व नेपाली साहित्य महोत्सवका लागि काठमाडौँबाट ओर्लेका सय वर्षे सधैँ-तन्नेरी सत्यमोहन जोशीलाई धनगढी विमानस्थलमा स्वास्थ्य जाँच गरिँदै।कुनै विषाणू कतै नसरोस्, साहित्य, सिर्जना र साधनाको स्वर शताब्दी-शताब्दी सरोस्! pic.twitter.com/BOIIGxPljQ
— narayan wagle (@narayanwagle) February 26, 2020
श्रीमान-श्रीमती कसरी सुत्ने ? हेर्नुहोस् यसो भन्छ वस्तुशास्त्र !


