राइनो कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

नवलपुरमा जारी राइनो कप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।

फाइनल खेल नवलपुरको मध्यविन्दु रंगशालामा दिउँसो २ः३० बजे हुनेछ। आर्मी भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, गोलपिकर विकेश कुथुविना नै राइनो कप खेलिरहेको छ। पुलिसका पहिलो रोजाइका खेलाडी पनि बुढासुब्बा खेलिरहेका छन्।

अर्को ए डिभिजन टोली यति हिमालयन शेर्पालाई ५–१ ले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको थियो। पुलिसले भने मंगलबार मात्र साविक विजेता च्यासल युथ क्लबलाई २–० ले निराश पार्दै उपाधि नजिक पुगेको थियो।

पुलिस सेमिफाइनल जितेको २४ घण्टा नबित्दै फाइनल खेल्ने तयारीमा रहेको छ। राइनो कपको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

३ दिनसम्म संगै पैदल यात्रा गर्दा माया बसेपछि दुई सन्तान र श्रीमान् छोडेर क्वारेन्टाइनबाटै पोइला ( भिडियो हेरौ )

Previous articleआन्तरिक उडानका यात्रुलाई पनि स्वास्थ्य परीक्षण
Next articleबार्सा र नापोलीले बराबरी खेल्दा बार्यनको शानदार जित, यस्ता छन् अवस्था
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।