मधेशी समुदायका महिला सैन्य सेवामा आकर्षित (फोटोफिचर)

जनकपुरधाम । नेपाली सेनामा भर्नाका लागि बाराको जीतपुरस्थित ब्यारेकमा अहिले भीड लागेको छ । त्यो भीडमा अधिकांश मधेशीहरु समुदायका देखिन्छन् । मधेशी समुदायका युवाहरु पहिला प्राविधिकतर्फ मात्रै सेनामा देखिन्थे, अहिले जवानतर्फ पनि आकर्षित हुन थालेको त्यो भीडले पुष्टि गरेको छ ।

भर्नाका प्राप्त हुने निवेदनमध्ये ७० प्रतिशत मधेशी समुदायका युवायुवती रहेको श्री नम्बर २८ बाहिनी गण जीतपुरका गणपति अनुपजंग थापाले बताए । सो गणको द्वारमा निवेदन केही दिनदेखि लिने गरिएको थियो ।

हामी पनि देशको सेवा सैनिकका रुपमा गर्न चाहन्छु, रौतहटको पिररिया बौधीमाई नगरपालिका– ६ का सन्तोषकुमार यादवले बताए । उनले सेनामा छनौटका लागि केही महिनादेखि तयारी पनि गरिरहेका छन् । शरीर स्वस्थ्या भएका र एथलेटिकलाई प्राथमिकता दिइने गरिएको आफूलाई थाहा भएकाले विहान घण्टौं तयारी गर्ने गरेको उनले बताए ।

गरौडा नगरपालिकाका रामअधार कुमार दास निकै उत्साहित भएर निवेदन दिएको बताए । आर्थिक स्थिति कमजोर भएकाले सेनामा काम गरेपछि आर्थिक अवस्थामा सुधार हुने आफूलाई विश्वास रहेको उनले बताए ।

युवाहरु मात्रै नभइ सयौं मधेशी समुदायका महिलाले पनि सेनामा जागिरका लागि निवेदन दिएका छन् । कलैया नगरपालिका २४ बनरवाकी सरिता कुमारीले देशको सेवा गर्नका लागि आफू सेना बबन्न निवेदन दिएको बताइन । सेनामा काम गर्नेलाई निकै सम्मानका साथ हेरिने गरेको कुरो सिनेमाबाट प्रभावित भएर निवेदन दिन आएको उनले राजधानीलाई बताइन । कतिले विद्यालय समयदेखि नै सेना बन्ने आकांक्षा बोकेको बताएका थिए ।

केही दिन अघि सोही गणमा भएको सैनिक छनौट प्रतियोगितामा १३ महिला र १ सय ६६ पुरुष गरी १ सय ७९ जना छनौट भएका थिए । छनौट भएकाको श्री नम्बर २८ बाहिनी गणमा तालिम चलिरहेको छ । छनौट प्रतियोगितामा गाउँमा दौड गराउनेका साथै सेनाद्वारा सञ्चालित विद्यालय विद्यालय कार्यक्रमका कारण पनि मधेशी युवाहरु सेनाको जागिरतर्फ आकर्षित हुन थालेको श्री नम्बर २८ बाहिनी गणका गणपति थापाले बताए ।

The post मधेशी समुदायका महिला सैन्य सेवामा आकर्षित (फोटोफिचर) appeared first on Rajdhani Daily News.

परदेशीको पिडा: अब मसंग पैसा पनि छैन श्रीमति पनि छैन

Previous articleकोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिने
Next articleचीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।