आत्महत्या गर्ने जक्सन बन्दै नारायणी पुल, यति छोटो समयमै नदीमा हाम फाल्नेको संख्या ५ पुग्यो

काठमाडौं । कात्तिक १० गते काग तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३० ३५ वर्षका ब्यक्तिमात्रे मृत फेला परे । अर्का अझै बेपत्ता छन् ।

सँगै हामफालेका ब्यक्तिहरु बाबुछोरा भएको स्थानीयको अनुमान छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार मृत फेला परेका ब्यक्तिको पनि अझैसम्म नाम ठेगाना खुल्न सकेको छैन । फेला परेको शव भरतपुर अस्पतालमा राखिएको छ ।

तिहारपछि पनि कात्तिक २० गते एकजना ब्यक्ति पुलबाट हामफाले । उनको गम्भीर अवस्थामा उद्धार गरियो । तर उपचारका क्रममा उनलाई बचाउन सकिनए ।

यो घटनासहित साउनयता मात्रै नारायणी पुलबाट नदीमा हामफाल्नेको संख्या पाँच पुगेको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

‘आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्छ’
Previous articleदेवघाटधाम र चित्रसारीमा एकादशी मेला
Next articleस्त’न बढाउन दिल्लीको को’ठीमा औषधी र सुई लाईएकी १५ वर्षे चेलीको कथा, यसरी काकीले पुर्याईन नर’कमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।