स्त’न बढाउन दिल्लीको को’ठीमा औषधी र सुई लाईएकी १५ वर्षे चेलीको कथा, यसरी काकीले पुर्याईन नर’कमा

0
70

नुवाकोटको विकट गाउँमा जन्मिएकी सुस्मिता (नाम परिवर्तन) ले १४ वर्षको कलिलो उमेरमै मातृ स्नेहबाट बञ्चित हुनुपर्‍यो । आमा गुमाएको पीडा आलै छँदा बुबाले कान्छी श्रीमती भित्र्याए ।सुरुवाती दिनमा सौ’तेनी आमाले राम्रै व्यवहार गरिन् । तर, बिस्तारै ‘सौ’तेनी व्यवहार’ देखाउन थालिन् । विद्यालय पठाउने त कुरै छाडौं, मा’नसिक र शा’रीरिक या’तना उनका लागि दैनिकी बन्न थाल्यो । विस्तारै बुबाले पनि वा’स्ता गर्न छाडे । अन्ततः २०६७ सालमा उनी गाउँ छाडेर काठमाडौंतिर हानिइन् ।सुनिताले कल्पेकी थिइन्, ‘काठमाडौंमा गएपछि भविष्य सुन्दर बन्छ ।’

तर, सोचेजस्तो भएन । राजधानीको गल्लीगल्लीमा क’ठ्याग्रिँदै थुप्रै रात बिताउन उनी विवश बनिन् । विभिन्न ठाउँमा भौतारिँदै गर्दा एक दिन गाउँतिरकै मानिसको सम्पर्कमा उनी पुगिन्, जसले घरमा भाडा माझ्ने काम दिलाए । महिनाको चार हजार रुपैयाँ दिने भनियो ।तर, त्यहाँ भनेजति पैसा नपाएपछि त्यो छाडेर होटलमा काम गर्न थालिन् । मासिक ९ हजार दिने भनिएको थियो । तर, त्यहाँ पनि उस्तै । सा’स्ती मात्र पाइन् । अब उनले काठमाडौंबाट हार खाइसकेकी थिइन् । ०६८ सालको माघतिर गाउँकै शेरबहादुर लामासँग उनको भेट भयो । जसले पढाइदिने वा घर फर्काइदिने आश्वासन दिए । आफूले काका मानेको व्यक्तिले गाउँ लगिदिने आश्वासन दिएपछि उनी फुरुङ्ग भएर लामाको पछि लागिन् ।

 

लामाको कोठामा सुनिता, कान्छी र कृष्णमाया गरी तीन नामले चिनिने काकी पनि थिइन् । धर्मस्थलीमा रहेको कोठामा केही दिनको बसाइपछि गाउँ लगिदिने काकीले आश्वासन दिइन् ।‘पढ्न मन छ ?’ काकीले कोठा पुगेको पहिलो दिन सोधेको उनलाई अझै याद छ । जवाफमा उनले टाउको मात्र हल्लाएकी थिइन् । ‘यहीँ पढ्ने कि गाउँमा गएर ?’ प्रश्न थपियो । उनले गाउँमै जाने भनेकी थिइन् । सुस्मिताका अनुसार चार दिनपछि गाउँ जाने भनेर काकीले एउटा बस चढाइन् । बसमा वा’न्ता हुन्छ भनेर उनलाई एउटा औषधि खान भनिएको थियो ।‘औषधि खाएपछि मैले केही थाहा पाइनँ’, सुस्मिताले प्रहरीसँग भनेकी छन्, ‘एक ठाउँमा ब्यूँझिएकी थिएँ, काकीले खाना खाने ठाउँ हो भन्नुभएको याद छ ।’ त्यहाँ उनलाई पुनः औषधि खुवाइएको याद छ । तर, त्यसपछि के भयो, केही थाहा छैन । एकैपटक दिल्लीको मधुनमा पुगेपछि मात्र उनको होस खुलयो ।

‘दिनमै २५ जनासँग सु’तेँ’

घर लगेर पढाइदिने आश्वासनमा होटलबाट निकालेकी काकीले को’ठीमा लगेर बेच्लिन् भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । न त्यतिवेला उनलाई को’ठीको विषयमै थाहा नै थियो  रसुवातिरकै लक्ष्मी र हेमा नाम गरेका महिलाको को’ठीमा उनलाई काकीले बेचिदिइन् । उनले सुनितालाई त्यहाँबाट पैसाको बिटो लिएको पनि देखेकी थिइन् । तर, कुनै प्रतिक्रिया जनाइनन् । त्यहाँ उनलाई सबै कुरा अनौठो र नौला लागिरहेको थियो । जहाँ उनले आफ्नो अस्मिताको खरि’दविक्री भएको पत्तै पाइनन् ।

भोलिपल्ट जब एकछिनमा आउँछु भनेर निस्किएकी काकी फर्किइनन्, अनि बल्ल उनलाई ड’र लाग्न थाल्यो । तर, उनी केही गर्न सक्ने हालतमा थिइनन् । को’ठीमै रहेका अन्यले उनलाई १० हजार भारुमा काकीले विक्री गरेको सुनाए । एक महिना बन्द कोठाभित्र राखेर सुस्मितालाई शारीरिक र मानसिक यातना दिइयो । उनलाई तीन पटक सुई र पटकपटक विभिन्न औषधि पनि खुवाइयो । अहिले २२ वर्ष पुगेकी उनी भन्छिन्, ‘त्यतिवेला मेरा वक्ष’स्थल ठूलो देखाउने औषधि दिइएको रहेछ ।’

महिना दिनपछि उनलाई कोठी नं. ५११ मा पहिलोपटक लगियो । जहाँ पहिलो पटक एक अधवैंशले उनको अ’स्मिता लु’टे । उनी प्रति’कार गर्न खोज्थिन् । तर, ग्राहक भन्थे, ‘तीन सय टका तिर के आया हुँ… ।’ विस्तारै ग्राहकको संख्या बढ्दै गयो । दिनमा दुई, पाँच हुँदै उनले २५ जनासम्मको प्यास मेट्नुपर्थ्यो। दुई वर्ष यो को’ठीमा बसेपछि उनलाई को’ठी नम्बर ६४ लगेर दुई वर्ष र ४० नं. कोठीमा लगेर १५ दिन राखियो । जहाँ उनलाई ‘क’ल ग’र्ल’को रुपमा को’ठी बाहिर पनि जान भनियो । तर, उनले मानिनन् ।

को’ठीमै प्रेम अनि स्वतन्त्रताको यात्रा !

करिब पाँच वर्षसम्म को’ठीमा नर’की’य जीवन विताइरहँदा उनले कुनै दिन घर फर्कुँला भन्ने कल्पना समेत गर्न छाडिसकेकी थिइन् । कसैको माया, ममता पाउने त परको कुरा । तर, एक दिन यस्ता ग्राहक आए, जसले उनलाई फरक व्यवहार गरे । नेपालमै घर भएका ती युवक उनीसँग गफ गरिरहन रुचाउँथे । चलचित्रमा देखाइने दृश्य झैँ उनी एकाएक नायक बनेर सुस्मिताको जीवनमा आएका थिए । पैसा तिरेर को’ठी छिरेका उनी घन्टौं उनीसँग बसिदिन्थे ।

विस्तारै युवक र सुस्मिताबीचको सम्बन्धले प्रेमको रुप लियो । युवक उनलाई बाहिर लिएर जान चाहन्थे । तर, कोठी सञ्चालकले अनुमति दिएका थिएनन् । उनी सञ्चालकसँग दैनिकजसो अनुनय, विनय गर्थें । विहे गर्ने बताउँथे । एक दिन, उनले सुस्मितालाई कोठीबाट बाहिर लिएर जाने अनुमति त पाए, तर साँझ फर्काउने सर्तमा ।

कोठीबाट कोठासम्म पुग्दा सुस्मितालाई पिँजडाको सुगालाई छाडिएझैँ महसुस भएको थियो । तर, एक मनको एक कुनामा फेरि कोठीबाट लक्ष्मी दिदीहरु लिन आउने हुन् कि डर चाहिँ थियो । तर, युवकसँगै बसिरहिन् ।

दिन, हप्ता हुँदै महिना वित्यो । दोस्रो महिनामा उनले नेपाल हेरेर आउने इच्छा व्यक्त गरिन् । युवकले उनको इच्छा बमोजिम सुस्मितालाई लिएर काठमाडौं आए । राजधानीमा केही दिनको बसाइपछि ०७५ भदौमा उनीहरु फेरि दिल्लीका लागि निस्किए । ‘मलाई को’ठीमा पुर्‍याउनेलाई कारबाही गराउँछु भनेर काठमाडौं हिँडेकी थिएँ’, उनी भन्छिन् । काठमाडौं फर्किने क्रममा माइती नेपाल, नेपालगञ्ज शाखाका कर्मचारीलाई उनको गतिविधि शंकास्पद लाग्यो । उनीसँगै युवक पनि नियन्त्रणमा परे ।

युवकले आफूलाई सहयोग गरेर नेपाल ल्याइदिएको सुस्मिताले बताइन् । आफू विरामी हुँदा हेरचाह गरेको पनि सुनाइन् । त्यसपछि माइती नेपालका अधिकारीले सम्पर्क नम्बर लिएर उनलाई छाडिदिए । अहिले चाहिँ सुस्मिता माइती नेपालको ‘सेफ हाउस’मा छन् ।

काकी पक्रा’उ, काका फ’रार

उद्दा’र गरिएको एक वर्षपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) ले सुस्मितालाई को’ठीमा पुर्‍याएको आरोपमा काकी सुनितालाई  पक्राउ गरेको छ । बबरमहलामा रहेको ब्युरोको कार्यालयमा ८ वर्षपछि काकीलाई भेट्दा सुस्मिताले रिस थाम्न सकिनन् । किन मलाई बे’चिस् भन्दै सुस्मिताले काकीलाई झम्टि’इन् । काकी नाजवाफ थिइन् ।

प्रहरीले पनि उनीलाई तानेर अर्को कोठातिर लगिदियो । मानव बे’चबि’खन तथा ओ’सारप’सार ऐनमा भएको व्यवस्था अनुसार क’डाभन्दा क’डा कार’बाही हुने आश्वासन दियो । काका शेरबहादुर भने अझै फ’रार छन् । ब्युरोका एसपी अनुपम शमशेर जबरा भन्छन्, ‘हामीले उनको खोजीलाई पनि जारी राखेका छौं ।’ अहिले उनलाई माइती नेपालले काउन्सिलिङसँगै सामान्य लेखपढ पनि गर्न सिकाइरहेको छ ।

लाङटाङमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजी

Previous articleप्रचण्ड, ओली र देउवा बालुवाटारमा भेला
Next articleपण्डितहरुलाई नयाँ नियम, अब वर-बधुको नागरिकता हेरेर मात्र बिहे गराउनु पर्ने