सञ्जय स्मृति प्रतिष्ठानद्वारा दुई भलिबल खेलाडी सम्मानित

सञ्जय स्मृति प्रतिष्ठानले भलिबल खेलाडीद्वय बिनिता बुढाथोकी र चन्द्रबहादुर कुँवरलाई सम्मान गरेको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्रतिष्ठानले बिनिता र चन्द्रबहादुरलाई समान ३० हजार रुपैयाँले सम्मान गरेको हो।

बिनिता सन् १९९९ देखि हालसम्म देशको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुद सागमा तीन पटक (सन् १९९९, २००६ र २०१६) कास्य पदक जित्दा पछिल्ला दुई संस्करणमा कप्तान थिइन्।

यस्तै घरेलु भलिबलमा सुरुमा पूर्वाञ्चल र पछिल्लो सात वर्षदेखि विभागीय एपीएफ क्लबबाट उच्च प्रदर्शन गरेको भन्दै बिनितालाई प्रतिष्ठानले बिहिबार सम्मान गरेको हो। बिनिताले मंसिरमा सम्पन्न १३ औं सागमा बीच भलिबलमा कास्य पदक जितेकी थिइन्।

त्यस्तै २०१३ देखि २०१६ सम्म १२ औं सागसहित विभिन्न अन्तर्रािष्ट्रय प्रतियोगितामा देशको प्रतिनिधित्व गनुको साथै एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोली र क्लबका माध्यमबाट भलिबलमा योगदान गरेको भन्दै चन्द्रबहादुरलाई सम्मान गरेको प्रतिष्ठान जनाएको छ।

त्यस्तै प्रतिष्ठानले गत महिना एआईपीएस स्पोर्टस मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङमा प्रथम भएका काठमाडौं पोष्टका खेलकुद पत्रकार प्रज्वल ओलीलाई पनि सम्मान गरेको छ।

तीन महिनाभित्र परिणाममुखी काम गर्छु : मन्त्री यादव

Previous articleच्याम्पियन्स लिगमा युभेन्ट्स र रियल मड्रिड स्तब्ध
Next articleमाइभ्याली गोल्डकप : गोर्खा ब्वाइज र इगल नागाल्याण्ड भिड्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।