च्याम्पियन्स लिगमा युभेन्ट्स र रियल मड्रिड स्तब्ध

प्रि–क्वाटरफाइनल पहिलो लेग खेलमा बुधबार राति युभेन्ट्स लियोनसँग १–० ले पराजित भएको हो भने रियल मड्रिड म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको हो।

युभेन्ट्स अवे खेलमा पराजित भएको हो। अब दोस्रो लेगमा युभेन्ट्सले आगामी चरणमा पुग्दा २–० गोल अन्तरको जित निकाल्नै पर्ने अवस्था छ।

यस्तै होम खेलमा पराजित रियल मड्रिडले पनि आगामी चरणमा प्रवेश गर्न दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई २–० गोल अन्तरको जित निकाल्नै पर्ने अवस्था सिर्जना भएको छ।

दोस्रो लेगमा मड्रिडका कप्तान रामोस भने उपस्थित हुने छैनन्। उनले बुधबार राति रातोकार्ड पाएका थिए।

हेटौँडाको वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोनाविरुद्धको खोप तयार भएको दा’बी

Previous articleकोरोनाको प्रभाव चीनमा भन्दा बाहिर बढी
Next articleसञ्जय स्मृति प्रतिष्ठानद्वारा दुई भलिबल खेलाडी सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।