ध्रुवे हात्ती फेरी आ’क्रमक, एक सैनिककाे ढाडमा कुल्चिएर मृ’त्यु

0
88

चितवन । केही वर्षदेखि शान्त देखिएको हिं’स्रक जंगली हात्ती ध्रुवेको आक्र’मणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्र’मण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो ।

निकुञ्जले मृतकको परिवारमा मा’नसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन । साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्र’मण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचा’नक आएर हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदारमा कार्यरत थिए । नामै खुलाउँदा परिवारलाई नराम्रो होला ।’

सेनाको हेडक्वार्टरबाटै नाम खुलाउने भन्ने भएर अहिले मृतकको नाम नखुलाइएको उनले बताए । ‘ध्रुवेले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो । गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा हात्तीसँग झम्काभेट भएछ । हात्तीले ढाडमा कुचेछ ।’ हात्तीले कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो ।

ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवे आक्रा’मक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ ।

https://www.ujyaalonepalnews.com/archives/17231

Previous articleनेपालमा ह’त्या गरेर साउदीअरब पुगेका गोबिन्दलाई १७ वर्षमा पक्राउ गरेर नेपाल ल्याईयो
Next articleसाउदीमा मर्नु न बाँच्नुको अवस्थामा पुगेका आयुष; कम्पनीले फर्कन दिएन मेनपावरले वास्ता गरेन