सीपी मैनाली चढेको गाडी दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी

नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको हो।

महोत्तरीको बर्दिवास नगरपालिका ३ चिसापानीमा सो दुर्घटना भएको र दुर्घटनामा महासचिव मैनाली घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। दुर्घटनमा मैनालीसहित ५ जना घाइते भएको र घाइते मध्ये मैनालीको अवस्था गम्भीर रहेको उनले बताए।

दुर्घटनामा सोही कारमा सवार मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।

दुर्घटना लगत्तै महासचिव मैनालीसहितका घाइतेहरुलाई उपचारका लागि बर्दिवासमा रहेको जनसेवा अस्पतालमा पु¥याइएको थियो।

‘उहाँको टाउको, निधार छातीमा चोट लागेको देखिएको छ’, प्रजिअ खत्रीले नेपालखबरसँग भने, ‘खुट्टा फ्याक्चर भएको छ।’

उनले महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताए।
‘हामीले गृहमनत्रालयसँग अनुरोध गरेर हेलिकोप्टर मगाएका छौँ, हेलिकोप्टर आउँदै छ’, उनले भने, ‘उहाँलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ।’

युएईमा अ”लपत्र परेका नेपाली बोकेर उड्यो एयर अरेबिया

Previous articleबेलायतसँगको सन् १९४७ को सन्धि पुनरवलोकन गर्ने नेपालको प्रस्तावलाई गेसोको समर्थन
Next articleठमेलमा दोस्रो मदन भण्डारी स्मृति रोड रेस प्रतियोगिता हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।