काठमाडौं २३ जेठ / कोरोना भाइरस कोभिड १९ का कारण विदेशमा अल’पत्र परेका नेपाली नागरिकलाई आजबाट स्वदेश ल्याउन सुरु गरेको छ । पहिलो चरण आज बिहान १० बजे म्यानमारको एयर फोर्स बिमानले २६ नेपाली लिएर काठमाडौं अवतरण गरेको थियो । आजै एयर अरेबियाको जहाजबाट साझ ६ बजे १ सय ५७ नेपाली काठमाडौं अवतर गर्नेछ । यूएईबाट नेपाली लिएर जहाज नेपाल उडेको छ ।
कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् । जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् । जहाजमा एक नेपालीको शव पनि छ ।

नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताउनुभयो । विदेशबाट उद्धार गरिएकाहरुलाई क्वारेन्टाइन सम्म पुर्याएर व्यवस्थापन मिलाउने जिम्मा नेपाली सेनालाई दिइएको छ । आज बिहान काठमाडौं आइपुगेका २६ जनालाई बसुन्धरा स्थित पाटीप्यालेसको क्वारेन्टाइनमा राखिएको छ ।


