समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति

वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताएका छन् ।

नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको शत्रु भ्रष्टाचार जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने स्पष्ट गरे।

‘केन्द्रमा सङ्घीय सरकारले हाम्रा शत्रुका रुपमा रहेका भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नुपर्छ भने स्थानीय सरकारले जरैबाट फाल्न शुरु गरे मात्रै विकासले फड्को मार्दै जाने छ ।’ मगर समुदाय सङ्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताउँदै उपराष्ट्रपति पुनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिए । उनले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गरे ।

सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण, मगर सङ्घ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष बिलबहादुर थापालगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिए ।

The post समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति appeared first on Rajdhani Daily News.

कतारबाट नेपाल फर्कने ५११२ जनाको सूची आयो; तपाईको नाम आयो कि आएन हेर्नुस

Previous articleयस्ताे बन्याे थारू समुदायले थकाई मार्ने एकसय वर्ष पुरानाे ताल
Next articleजुवा खेलिरहेका ५ जना थानकोटबाट पक्राउ, ७९ हजार नगद बरामद
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।