कोरोना भाइरसका कारण भ्रमण वर्षका कार्यक्रम प्रभावित भएका छैनन् : संयोजक वैद्य

नेपाल भ्रमण वर्षको सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनै पनि कार्यक्रमहरु प्रभावित नभएको बताएका छन्।

शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै संयोजक वैद्यले पर्यटन वर्षका कुनै पनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नहुने बताए।

उनले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभई नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गरे। संयोजक वैद्यले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताए।

भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको उनको भनाइ थियो। सगरमाथा, पोखरा, चितवन, काठमाडौंमा मात्र केन्द्रित भएको पर्यटनलाई सूदुरपश्चिमदेखि पूर्वसम्म फैलाउन कोरोना भाइरसले कुनै पनि अवरोध नगरेको उनले बताए।

उनलाई पर्यटनको आधार वर्षको रुपमा लिइएकाले आगामी वर्षदेखि पर्यटकहरुको वृद्धि हुनेगरी काम भइरहेको बताए। उनले भ्रमण वर्ष २०२० लाई पर्यटनको आधार वर्षको रुपमा तयार गरी पर्यटकीय क्षेत्रमा लगानी वृद्धि गर्ने, प्रवद्र्धन गर्ने काम भइरहेको जानकारी समेत दिए।

भारतमा नेपालीको घोर अप’मान; केश मुण्डन गरेर ‘नेपाल मु’र्दाबाद’ भन्न लगाईयो (भिडियो सहित)

Previous articleमोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
Next articleजिउँदो सालकसहित दुई जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।