भारतमा नेपालीको घोर अ’पमान; केश मुण्डन गरेर ‘नेपाल मु’र्दाबाद’ भन्न लगाईयो (भिडियो तल अन्तिममा हेर्नुहोला)
वनारस : प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिएको अभिव्यक्तिले भारतमा रहेका नेपालीहरु प्रभावित बन्न थालेका छन्। भारतमा रहेका नेपालीहरुलाई त्यहाँ विभिन्न आरो’प लगाउनुका साथै जबरजस्तीसमेत गर्न थालिएको छ। भारतको विश्व हिन्दु सेनाले बिहीवार वनारसमा रहेका नेपालीको कपाल जब’रजस्ती खौरिदिएका छन्। हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्। त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्माविरुद्ध नाराबाजी गरेका थिए।
राम नेपालमै जन्मेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध हिन्दु सेनाले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ। हिन्दु सेनाले प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएको छ। उनीहरुले बनारसमा रहेका नेपालीलाईसमेत ओलीले यस्तै बयान दिन थाले राम्रो नहुने चेतावती दिएका छन्। बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दु सेनाले चेतावनीसहितको एक पोस्टर टाँसेका थिए।

सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएको छ। विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन्। विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन्।


