मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

पर्साको विन्दाबासिनी गाउँपालिका ४ मा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ।

शुक्रबार दिउँसो पश्चिम चम्पारण भारत बिहारका राजकुमार दासले चलाएको ना ६५ प ६४२९ नं को माटोटरसाइकलको ठक्करबाट स्थानीय आस महमद आलमका ३ वर्षीय छोरा खुसिद आलमको ज्यान गएको हो।

बाटोमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालकको उपचारको क्रममा ज्यान भएको प्रहरीले जानकारी दिएको छ।

उनलाई उपचारका लागि नारायणी अस्पताल बिरगञ्ज लगिएको थियो। मोटरसाइकल चालक दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२० जुलाई पछी साउदीको दम्माम बाट उड्न पाउनेहरुको नयाँ नाम लिस्ट आयो

Previous article‘धर्म परिर्वतन गराउने गिरोह सक्रिय’
Next articleकोरोना भाइरसका कारण भ्रमण वर्षका कार्यक्रम प्रभावित भएका छैनन् : संयोजक वैद्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।