जिउँदो सालकसहित दुई जना पक्राउ

संरक्षित बन्यजन्तु सालकको अवैध ओसारपसार तथा बिक्रीबितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– घर भइ हाल ललितपुरको चापागाउँ बस्ने ३३ वर्षीय टिके तामाङ र मकवानपुर कैलाश गाउँपालकिा–५ पालुङ् घर भइ हाल ललितपुर पाटनढोका बस्ने १९ वर्षीय अनिश तामाङ रहेका छन्।

उनीहरुलाई सुन्धारा सिभिल मल अगाडिबाट जिउँदो सालक सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उपर थप कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ।

गाई काटेको आरोपमा चितवनमा एकजना पक्राउ (भिडियो)

Previous articleकोरोना भाइरसका कारण भ्रमण वर्षका कार्यक्रम प्रभावित भएका छैनन् : संयोजक वैद्य
Next articleहिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।