गाई काटेको आरोपमा चितवनमा एकजना पक्राउ, भिडियो तल अन्तिममा हेर्नुहोला
कालिका ३ असार । चितवनको कालिका नगरपालिकामा गाई कोटेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगहा बस्ने भीमवहादुर तामाङ रहेका छन् । स्थानीय प्रसिद्ध टोलमा स्थित सन्तबहादुर तामाङको घरमा १२ बजेराती गाईकाटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । सन्तवहादुरको घर पछाडी रहेको गोठमा मासु भाग लगाउने क्रममा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
उनीहरुबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरि विशेषज्ञ लगायतको उपस्थितीमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडिएको वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए । गाईकाटेको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

सार्वजनिक यातायात साउन ६ गतेदेखि सञ्चालन गर्ने तयारी
काठमाडाैं । ११ चैतदेखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चालनको तयारी थालेको छ ।

सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको थियो तर यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् । महासङ्घले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने नसकिने भन्दै भाडा वृद्धिको विरोध गरेको थियो तर मौद्रिक नीति आएपछि भने यातायात सञ्चालन गर्ने भएको छ ।


