माईभ्याली क्लव सेमिफाइनल प्रवेश

आयोजक माईभ्याली क्लव, माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इलामको ठूलो टुँडिखेलमा शुक्रबार भएको खेलमा भारत सिक्किमको ग्यान्टोक फुटबल क्लबलाई २–० ले हराउँदै आयोजक अन्तिम आठमा पुगेको हो।

१० टोली सहभागी प्रतियोगिताको क्वार्टरफाइन्ल समिकरण पुरा भएको छ। आयोजकको जितमा दुवै गोल विदेशी खेलाडी जोर्डन ओबानाले गरे। सेमिफाइनल प्रवेशका लागि माइभ्याली क्लवले भारतको मोहम्मडम फुटबल क्लब कोलकाताको सामना गर्नेछ।

सिक्किमको टोली पहिलो खेलमा नै हार भोग्दै बाहिरियो।

प्रतियोगितामा लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका त्रिभुवन आर्मी क्लब, संकटा क्लव सहभागी छन्। आगामी फागुन २४ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

घुर्मी खोलामा अवैधरुपमा उत्खनन् गर्दै गरेको एक जेसिबी र १२ टिपर प्रहरीको नियन्त्रणमा

Previous articleप्रहरी बढुवा : ‘आफ्नो मान्छे’ तान्ने शृंखलामा ‘ब्रेक’
Next articleठूला ब्रान्डको रोजाइमा स्टार खेलाडी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।