काठमाडौं– मुनाको परिवारमा विजयलाई निकै माया गरिन्थ्यो। मुनाको छोरोले विजयलाई दाइ भन्थे। अर्जुन र मुनाबीच झगडा भएका बेला विजय अघि सरेर खाना पस्किने, सबैलाई खुवाउने र मध्यस्थता गर्ने गर्थे।
आफूहरु दुःखमा भएकाले अहिले धेरै विषयमा कुरा नगर्ने मनस्थिति बनाएको भन्दै मुनाको माइतीपक्षले घटनालाई धेरै रहस्यमा राख्न नहुने सुझाव दिएका छन्।प्रहरीको अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर जावलाखेलले संयुक्त रुपमा यो घटनाको अनुसन्धान गरिरहेका छन्।
तर, घटनाको १९ दिन बितिसक्दा पनि त्यसको कारण फेला नपरेको प्रहरी बताउँछ।
प्रहरीले दुवैले प्रयोग गर्ने मोबाइलको डिजिटल फरेन्सिक परीक्षण गरेको छ। तर, दुइटैको मोबाइलमा आशंका जन्माउने खालका केहीपनि सामग्री नभेटेको एसएसपी राई बताउँछन्।
घटना घटेकै दिन प्रहरीले मुना र विजयले प्रयोग गर्ने मोबाइललाई नियन्त्रणमा लिएर परीक्षण गर्न पठाएको थियो। सो रिपोर्टलाई प्रहरीले फागुन ८ गते बुझेको थियो। मसिनो ढंगले डिजिटल रिपोर्टलाई अध्ययन गर्दा सो घटना घटाउनुपर्ने कुनै कारण फेला नपरेको प्रहरीको भनाइ छ।
मुनाको मोबाइलमा मुना र अर्जुन कार्की सँगै घुमेको फोटो, माइतीसँगको फोटो र छोरी र छोराको फोटो मात्र फेला परेको राईले जानकारी दिए। उनले केही प्रमाणमाथि अझै अध्ययन गर्ने क्रम जारी रहेको बताए।
घटना घटेको पर्सिपल्ट विजय चौधरीका बुबा जानकी चौधरीसँग बयान लिएको प्रहरीले अझैसम्म पनि मुनाका पति अर्जुनसँग भने बयान लिएको छैन। उनीसँग ‘समय मिलाएर’ बयान लिइने प्रहरीको भनाइ छ।
तर, अर्जुन कार्कीले प्रयोग गर्ने मोबाइल भने प्रहरीले अनुसन्धान गर्दैछ।


