धनगढी । नेपाल सरकारका विभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग गरिरहेका छन् ।अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्धारा धनगढीमा आयोजना गरिएको प्रदेश स्तरिय भेलामा उनीहरुले लामो समयदेखि काम गरिरहेका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग गरेका हुन् ।
भेलाको उद्घाटन गर्दै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले श्रमबापतको ज्याला सबैले पाउनुपर्ने बताइन् । उनले भनिन– ‘प्रदेश सरकारले कर्मचारी, मजदुर सबैको हितमा काम गर्ने छ ।’ उनले ‘पावर’को भरमा कर्मचारी नियूक्ति गर्ने चलन हट्नुपर्ने बताइन् ।
कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष विमला आचार्यले सरकारले लामो समयदेखि कर्मचारीमाथि विभेद गरिरहेको गुनासो गरिन् । ‘यहा“ सरकारलेनै विभिन्न श्रेणी तथा वर्गका रुपमा कर्मचारी भर्ना गरेका छन्’ उनले भनिन्– ‘सोही अनुसार सेवा सुविधा पनि तोकिएको छ । कसैले न्यून ज्यालामा लामो समय काम गर्नु परेको छ भने कसैको ज्याला वर्षेनी बढोत्तरी हु“दै आएको छ ।’ उनले एउटै वर्गका व्यक्तिलाई ज्याला स–सम्मान बनाउनुपर्ने माग गरिन् ।
संघका प्रदेश अध्यक्ष इन्द्र कठायतको अध्यक्षतामा भएको कार्यक्रममा टे«ड युनियन महासंघ इन्चार्ज विमला आचार्य, अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका प्रवक्ता तथा उपाध्यक्ष श्याम सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संघका प्रदेश इन्चार्ज रिता भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव यदुनाथ न्यौपानेले गरेका थिए ।
यस्तै शनिबारनै प्रदेश कमिटि पनि गठन गरिएको छ । इन्द्र कठायतको अध्यक्षतामा २५ सदस्यीय नया“ कार्य समिति गठन गरिएको जनाइएको छ ।
The post अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग appeared first on Rajdhani Daily News.


