संविधान संशोधन तत्काल आवश्यक छैन : तिमिल्सिना

पर्वत, १८ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान संशोधन तत्कालका लागि आवश्यक नरहेको बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको पूर्णेश्वर माविको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै तिमिल्सिनाले यस्तो बताएका हुन् ।

संविधान आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने भएपनि तत्काललाई संशोधन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

नेकपाभित्र राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने बारेमा संविधान संशोधनको चर्चा चलेको बताउँदै तिमिल्सिनाले एकजना व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने जिकिर गरे ।

सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा रिक्त स्थानमा मनोनयन गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएपछि विवाद हुँदै आएको छ ।

अध्यक्ष तिमिल्सिनाले अहिले बहुमतको सरकार परिर्वतन गर्नेसम्मका हल्ला चलेकोप्रति आक्रोश पोख्दै नेपालमा जहिले पनि बहुमतका सरकारलाई काम गर्न नदिने र अस्थिरता मच्चाउने काम भएकोमा दुःख व्यक्त गरे ।

दलहरूभित्रको झगडा र आशंकाले देश समृद्धितर्फ नजाने बताउँदै अध्यक्ष तिमिल्सिनाले यसले देशमा अझै ठूलो दुर्घटना हुन सक्ने चेतावनीसमेत दिए ।

विकास निर्माणका हरेक काममा राजनीतिक दलहरुले हातेमालो गर्न सके देश विकासको दिशामा धेरै अगाडि बढ्ने भएकाले उनले स्थानीय दलहरूलाई विकासमा भाँजो नहाल्न आग्रह गरे ।

The post संविधान संशोधन तत्काल आवश्यक छैन : तिमिल्सिना appeared first on Koshi Online.

कतार बाट नियमित उडान सुरु हुँदै, दुताबासको आयो यस्तो सुचना

Previous articleमहोत्तरीमा एकाबिहानै गोली चल्यो, एक जना गम्भीर घाइते
Next articleअध्यक्ष नहुँदा रोकियो विकास बोर्डको काम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।