ललितपुर । च्याउ उत्पादनका लागि बहुउपयोगी मानिएको ‘जुनकाओ’ प्रविधि नेपाल भित्र्याउने तयारीमा कोरोना भाइरसको त्रासले प्रभावित बनाएको छ । प्रोटिनयुक्त एक प्रकारको जुनकाओ घाँस, च्याउ उत्पादनका लागि प्रयोग हुँदै आएको परालभन्दा निकै उपयोगी मानिन्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘जुनकाओ’ प्रविधि नेपालमा भित्र्याउने तयारी गरेपनि विज्ञसँगको छलफल र त्यसको विउ ल्याएर उत्पादन तथा बेर्नाबाट बिउ रोपेर परिक्षण गर्न समेत कोरोना भाइरसको संक्रमणका कारण नसकीएको नाष्टका वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेलले जानकारी दिए ।
नास्ट र चीनको फुजियान एग्रिकल्चर एन्ड फरेस्ट्री विश्वविद्यालय (फापुबीच) प्रविधि हस्तान्तरणसम्बन्धी समझदारीअनुसार यो प्रविधि भित्र्याउन लागिएको हो । ‘जुनकाओ प्रविधीबारे बुझाउन र थप छलफलका लागी फुजियान विश्वविद्यालयका प्राध्यापक छाओलिङ र उनकी छोरी डोङमे नेपाल आउृने भनिएपनि भाइरसको संक्रमणको खतराले आएका छैनन्’, उनले भने , ‘यो वनमारा जस्तो हुन्छ की या यसका बिउबाट उत्पादन कस्तो हुन्छ भन्ने परिक्षण गर्न बाँकी छ ।’ यसको बिउ र बेर्नालाई बर्दिवासमा लगेर रोप्ने तयारी भएको उनले बताए ।
सन् १९८० को दशकको अन्त्यतिर फापुका प्रोफेसर लिन झ्याङ्सीले यो प्रविधि निर्माण गरेका थिए । ९७ प्रतिशत माटो र ८७ प्रतिशत पानी सोस्ने जुनकाओलाई चीनले आफ्नो १२ औं अन्तराष्ट्रिय गरिबी निवारण कार्यक्रममा यसलाई समावेश गरेको छ । फिजी र पपुवा न्युगिनीमा यो प्रविधिले त्यहाँका मानिसको जीवनस्तर उकास्न धेरै सहयोग गरेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।
विश्वका १०५ वटा मुलुकमा सफल भइसकेको यो प्रविधि च्याउ खेती, चौपायाको घाँस, भूक्षय नियन्त्रण, हरियाली प्रवर्द्धन र इकोलोजिकल रिस्टोरेसनका लागि प्रयोग हुँदै आएको छ । उनका अनुसार परालको कम खपत हुँदा परालबाट उत्पादन हुने वस्तुहरुमा बृद्धि हुन्छ । हाम्रो देशमा पछिल्लो समय च्याउ मासुको विकल्पका रुपमा आएको छ ।
स्वास्थ्यका लागी निकै उपयोगी मानिएको च्याउ प्रति मानिसहरुको आर्कषण बढ्दै गएको छ । च्याउ उत्पादनमा गाईवस्तुले खाने परालकै प्रयोग भइरहेको छ । एकातर्फ खेतमा घर तथा प्लटिङ निर्माण हुने , बचेका कति खेत बाँझै रहने र त्यसबाट केही खेती गरिएका खेतमा उत्पादित धानको पराल पनि च्याउमा प्रयोग हुँदा, पशुपालकका लागी प्रत्यक्ष असर परेको छ ।
समयमै पराल नपाउने, पाएपनि मूल्य चर्को तिर्नुपर्ने, उपत्यका बाहिरबाटै पराल मगाउनुपर्ने लगायतका समस्या देखिएको च्याउ उत्पादन किसान संघका सहअध्यक्ष चित्रराज तिमल्सीनाले बताए । जुनकाओ प्रविधिले मुख्यतस् गरिबी निवारण र वातावरण संरक्षणमा योगदान दिने नास्टका सचिव एवं च्याउ विज्ञ महेशकुमार अधिकारीले बताए । उनका अनुसार यो घाँस च्याउ उत्पादन, पशुपालन तथा पहिरो र माटो जोगाउनका लागि प्रयोग हुन सक्ने बताए ।
नेपालमा हाल कन्ये, गोलो र सीताके च्याउ उत्पादन भइरहेको छ । अधिकांश च्याउ उत्पादनमा परालकै प्रयोग भइरहेको छ । च्याउ उत्पादनमा लागेर मात्रै ३५ हजारले नेपालमा स्वरोजगार पाएका छन् । हाम्रो देशमा पछिल्लो समय च्याउ मासुको विकल्पका रुपमा आएको छ । स्वास्थ्यका लागी निकै उपयोगी मानिएको च्याउ प्रति मानिसहरुको आर्कषण बढ्दै गएको छ ।
च्याउ उत्पादनमा गाईवस्तुले खाने परालकै प्रयोग भइरहेको छ । एकातर्फ खेतमा घर तथा प्लटिङ निर्माण हुने, बचेका कति खेत बाँझै रहने र त्यसबाट केही खेती गरिएका खेतमा उत्पादित धानको पराल पनि च्याउमा प्रयोग हुँदा, पशुपालकका लागि प्रत्यक्ष असर परेको छ । समयमै पराल नपाउने ,पाएपनि मूल्य चर्को तिर्नुपर्ने , उपत्यका बाहिरबाटै पराल मगाउनुपर्ने लगायतका समस्या देखिएका छन् । ‘जुनकाओ’ प्रविधि भित्रीएको खण्डमा च्याउ उत्पादनमा सहजता आई परालको पनि माग घट्ने सहअध्यक्ष तिमल्सीनाले बताए ।
दिगो विकासको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान गर्दै आएको यो प्रविधि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा पनि सूचीकृत छ । सन् १९९४ मा यूएनडीपीले गरिबी निवारणका लागि बहुउपयोगी भन्दै यसलाई सूचीकृत गरेको हो । नास्टका तर्फबाट उपकुलपति सुनीलबाबु श्रेष्ठ र फापुका तर्फबाट उपाध्यक्ष हुवाङ्ग याङ्गहेले समझदारीपत्र हस्तान्तरण गरेका हुन् । समझदारीपत्रमा चीनले जुनकाओ प्रविधि नेपालमा भित्र्याउन र लगानी खोज्न सहयोग गर्ने तथा अनुसन्धानात्मक कार्यमा भ्रमण आदानप्रदान गर्ने उल्लेख छ । चीनले १९९२ देखि यो प्रविधि अन्य मुलुकलाई हस्तान्तरण गर्दै आएको छ ।
यो प्रविधिमार्फत् विभिन्न ५५ प्रजातिका च्याउ उत्पादन हुँदै आएको उपकुलपति श्रेष्ठले बताए । ८ मिटरसम्म अग्लो हुने जुनकाओलाई वर्षमा ३ देखि ६ पटकसम्म काट्न सकिने र यसको प्रयोगमा एक हेक्टरमा १२ सयदेखि १५ सय टनसम्म च्याउ उत्पादन हुने उनले सुनाए ।
The post परालको विकल्पमा आउने चिनियाँ प्रविधी भित्र्याउन कोरोना बाधक appeared first on Rajdhani Daily News.
सानिमा जनरल इन्सुरेन्सको आइपिओ खुल्यो; विदेश बाट शेयर भर्न के गर्नुपर्ला??


