परालको विकल्पमा आउने चिनियाँ प्रविधी भित्र्याउन कोरोना बाधक

ललितपुर । च्याउ उत्पादनका लागि बहुउपयोगी मानिएको ‘जुनकाओ’ प्रविधि नेपाल भित्र्याउने तयारीमा कोरोना भाइरसको त्रासले प्रभावित बनाएको छ । प्रोटिनयुक्त एक प्रकारको जुनकाओ घाँस, च्याउ उत्पादनका लागि प्रयोग हुँदै आएको परालभन्दा निकै उपयोगी मानिन्छ  ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘जुनकाओ’ प्रविधि नेपालमा भित्र्याउने तयारी गरेपनि विज्ञसँगको छलफल र त्यसको विउ ल्याएर उत्पादन तथा बेर्नाबाट बिउ रोपेर परिक्षण गर्न समेत कोरोना भाइरसको संक्रमणका कारण नसकीएको नाष्टका वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेलले जानकारी दिए ।

नास्ट र चीनको फुजियान एग्रिकल्चर एन्ड फरेस्ट्री विश्वविद्यालय (फापुबीच) प्रविधि हस्तान्तरणसम्बन्धी समझदारीअनुसार यो प्रविधि भित्र्याउन लागिएको हो । ‘जुनकाओ प्रविधीबारे बुझाउन र थप छलफलका लागी फुजियान विश्वविद्यालयका प्राध्यापक छाओलिङ र उनकी छोरी डोङमे नेपाल आउृने भनिएपनि भाइरसको संक्रमणको खतराले आएका छैनन्’, उनले भने , ‘यो वनमारा जस्तो हुन्छ की या यसका बिउबाट उत्पादन कस्तो हुन्छ भन्ने परिक्षण गर्न बाँकी छ ।’ यसको बिउ र बेर्नालाई बर्दिवासमा लगेर रोप्ने तयारी भएको उनले बताए ।

सन् १९८० को दशकको अन्त्यतिर फापुका प्रोफेसर लिन झ्याङ्सीले यो प्रविधि निर्माण गरेका थिए । ९७ प्रतिशत माटो र ८७ प्रतिशत पानी सोस्ने जुनकाओलाई चीनले आफ्नो १२ औं अन्तराष्ट्रिय गरिबी निवारण कार्यक्रममा यसलाई समावेश गरेको छ । फिजी र पपुवा न्युगिनीमा यो प्रविधिले त्यहाँका मानिसको जीवनस्तर उकास्न धेरै सहयोग गरेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए ।

विश्वका १०५ वटा मुलुकमा सफल भइसकेको यो प्रविधि च्याउ खेती, चौपायाको घाँस, भूक्षय नियन्त्रण, हरियाली प्रवर्द्धन र इकोलोजिकल रिस्टोरेसनका लागि प्रयोग हुँदै आएको छ  । उनका अनुसार परालको कम खपत हुँदा परालबाट उत्पादन हुने वस्तुहरुमा बृद्धि हुन्छ । हाम्रो देशमा पछिल्लो समय च्याउ मासुको विकल्पका रुपमा आएको छ ।

स्वास्थ्यका लागी निकै उपयोगी मानिएको च्याउ प्रति मानिसहरुको आर्कषण बढ्दै गएको छ । च्याउ उत्पादनमा गाईवस्तुले खाने परालकै प्रयोग भइरहेको छ । एकातर्फ खेतमा घर तथा प्लटिङ निर्माण हुने , बचेका कति खेत बाँझै रहने र त्यसबाट केही खेती गरिएका खेतमा उत्पादित धानको पराल पनि च्याउमा प्रयोग हुँदा, पशुपालकका लागी प्रत्यक्ष असर परेको छ ।

समयमै पराल नपाउने, पाएपनि मूल्य चर्को तिर्नुपर्ने, उपत्यका बाहिरबाटै पराल मगाउनुपर्ने लगायतका समस्या देखिएको च्याउ उत्पादन किसान संघका सहअध्यक्ष चित्रराज तिमल्सीनाले बताए । जुनकाओ प्रविधिले मुख्यतस् गरिबी निवारण र वातावरण संरक्षणमा योगदान दिने नास्टका सचिव एवं च्याउ विज्ञ महेशकुमार अधिकारीले बताए । उनका अनुसार यो घाँस च्याउ उत्पादन, पशुपालन तथा पहिरो र माटो जोगाउनका लागि प्रयोग हुन सक्ने बताए ।

नेपालमा हाल कन्ये, गोलो र सीताके च्याउ उत्पादन भइरहेको छ । अधिकांश च्याउ उत्पादनमा परालकै प्रयोग भइरहेको छ । च्याउ उत्पादनमा लागेर मात्रै ३५ हजारले नेपालमा स्वरोजगार पाएका छन् । हाम्रो देशमा पछिल्लो समय च्याउ मासुको विकल्पका रुपमा आएको छ । स्वास्थ्यका लागी निकै उपयोगी मानिएको च्याउ प्रति मानिसहरुको आर्कषण बढ्दै गएको छ ।

च्याउ उत्पादनमा गाईवस्तुले खाने परालकै प्रयोग भइरहेको छ । एकातर्फ खेतमा घर तथा प्लटिङ निर्माण हुने, बचेका कति खेत बाँझै रहने र त्यसबाट केही खेती गरिएका खेतमा उत्पादित धानको पराल पनि च्याउमा प्रयोग हुँदा, पशुपालकका लागि प्रत्यक्ष असर परेको छ । समयमै पराल नपाउने ,पाएपनि मूल्य चर्को तिर्नुपर्ने , उपत्यका बाहिरबाटै पराल मगाउनुपर्ने लगायतका समस्या देखिएका छन् । ‘जुनकाओ’ प्रविधि भित्रीएको खण्डमा च्याउ उत्पादनमा सहजता आई परालको पनि माग घट्ने सहअध्यक्ष तिमल्सीनाले बताए ।

दिगो विकासको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान गर्दै आएको यो प्रविधि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मा पनि सूचीकृत छ । सन् १९९४ मा यूएनडीपीले गरिबी निवारणका लागि बहुउपयोगी भन्दै यसलाई सूचीकृत गरेको हो । नास्टका तर्फबाट उपकुलपति सुनीलबाबु श्रेष्ठ र फापुका तर्फबाट उपाध्यक्ष हुवाङ्ग याङ्गहेले समझदारीपत्र हस्तान्तरण गरेका हुन् । समझदारीपत्रमा चीनले जुनकाओ प्रविधि नेपालमा भित्र्याउन र लगानी खोज्न सहयोग गर्ने तथा अनुसन्धानात्मक कार्यमा भ्रमण आदानप्रदान गर्ने उल्लेख छ । चीनले १९९२ देखि यो प्रविधि अन्य मुलुकलाई हस्तान्तरण गर्दै आएको छ ।

यो प्रविधिमार्फत् विभिन्न ५५ प्रजातिका च्याउ उत्पादन हुँदै आएको उपकुलपति श्रेष्ठले बताए । ८ मिटरसम्म अग्लो हुने जुनकाओलाई वर्षमा ३ देखि ६ पटकसम्म काट्न सकिने र यसको प्रयोगमा एक हेक्टरमा १२ सयदेखि १५ सय टनसम्म च्याउ उत्पादन हुने उनले सुनाए ।

The post परालको विकल्पमा आउने चिनियाँ प्रविधी भित्र्याउन कोरोना बाधक appeared first on Rajdhani Daily News.

सानिमा जनरल इन्सुरेन्सको आइपिओ खुल्यो; विदेश बाट शेयर भर्न के गर्नुपर्ला??

Previous articleविश्वकै लामो पदयात्रा मिथिला परिक्रमाकाे आज सातौ दिन, कञ्चनवनमा पुगेर होली खेलिने
Next articleप्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।