सानिमा जनरल इन्सुरेन्सको आइपिओ खुल्यो; विदेश बाट शेयर भर्न के गर्नुपर्ला??
सानिमा जनरल इन्सुरेन्सको आइपीओ आजबाट ( असोज २१ गते) बिक्री खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत (१ लाख २० हजार कित्ता) सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ भने ५ प्रतिशत (१ लाख ५० हजार कित्ता) म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।
यस आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा कात्तिक ६ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ ।

लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।
विदेश बाट नेपालमा शेयर लगानी गर्न सकिन्छ?
हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर


