प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए ।

राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनुपरेन ।’ रासस

The post प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना appeared first on Rajdhani Daily News.

कतारमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलव्ध हुने

Previous articleपरालको विकल्पमा आउने चिनियाँ प्रविधी भित्र्याउन कोरोना बाधक
Next articleमिथिला संस्कृति अध्ययन केन्द्र निर्माणको थालनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।