कतारमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलव्ध हुने

कतारमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलव्ध हुने

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

कतारले आफ्नो मुलुकमा रहेका र ‘खोप आवश्यक पर्ने’ सवैलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निःशुल्क रुपमा उपलव्ध गराउने जनाएको छ । कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सवैलाई सो खोप निःशुल्क उपलव्ध गराउने बताएको हो ।

हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख समेत रहेका डा. अव्दुल्लाह अल खालले यसका लागि कतारले केहि हप्ता वा महिना भित्रै पर्याप्त खोपको प्रवन्ध गर्ने प्रयास गरिरहेको बताएका छन् । कतार ट्रिव्यूनका अनुसार खोपले अनुमति पाउने वित्तिकै कतारले प्राप्त गर्नेगरी कतारको स्वास्थ्य मन्त्रालयले प्रयास जारी राखेको उनले बताएका हुन् ।

यसका लागि फिजर कम्पनीसँग यसअगाडी नै कतारले खोप उपलव्ध गराउने सम्वन्धमा सम्झौता गरिसकेको उनले बताए । सो कम्पनी कोभिड-१९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका विभिन्न कम्पनीहरु मध्ये एक हो । सो कम्पनीले तयार पारेको खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ । सो क्रममा विभिन्न मुलुकका ४४ हजार व्यक्तिमा सो खोपको परीक्षण हुँदैछ ।

सो कम्पनीको खोपले अक्टोवर वा नोभेम्वर महिनामा आम रुपमा लगाउन अनुमति प्राप्त गर्ने अपेक्षा गरिएको खालले बताए । कतारले डिसेम्वर महिनासम्ममा वा सन् २०२१ को सुरुवातमा पहिलो चरणमा खोप प्राप्त गर्ने विश्वास गरिएको समाचारमा जनाइएको छ । सो कम्पनीका अलावा अन्य कम्पनीहरुसँग पनि कतारको छलफल चलिरहेको जनाइएको छ ।

विरामीको मृत्यु भएपछि चितवनको पुरानो मेडिकल कलेजमा तनाव

Previous articleसानिमा जनरल इन्सुरेन्सको आइपिओ खुल्यो; विदेश बाट शेयर भर्न के गर्नुपर्ला??
Next articleकाका ससुराबाट लगा’तार ३ महिना ब’ला’त्कार, ब’ला’त्कार गरेर ग’र्भप’तन गराइएपछि यसरी खु’ल्यो र’हस्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।