वैज्ञानिकहरुले भनेः महँगा कार चढ्ने मानिस मूर्ख

अमेरिका लास भेगसस्थित युनिभर्सिटी अफ नेभडाको अनुसन्धानमा भनिएको छ,‘महँगा कार चढ्ने मानिसहरु बाटोमा हिँड्ने यात्रुभन्दा आफू माथिल्लो स्तरको भएको सम्झन्छन्।’

अनुसन्धानमा १८ सय ९२ वटा कारको सर्वेक्षण गरिएको थियो। जसमध्ये अधिकाँश महँगा ब्राण्डका कार चढ्ने मानिसले बाटो काट्ने यात्रुका लागि कार नरोकेको देखिएको छ।

अध्ययनमा महँगा कारभन्दा सस्ता कार चढ्नेले यात्रुका लागि कार रोकेको र कारको स्पिड कम गरेको बताइएको छ।

महँगा कार चढ्ने मानिसहरुले यात्रुका लागि कार नरोकेको तथ्य फेला पारेपछि वैज्ञानिकहरुले महँगा कार चढ्नेलाई मूर्खको संज्ञा दिएका छन्।

Image result for expensive car in road

अनुसन्धानमा वैज्ञानिकहरुले एक गोरा, एक काला पुरुष र एक गोरा, एक काला जातिका महिलालाई परीक्षण गरेको थियो।

उनीहरुले बाटो काट्नु पर्ने थियो। अनुसन्धानमा काला जातिका महिला र गोरा जातिका महिला र पुरुष दुवैका लागि कारले ३१ प्रतिशत गाडी रोकेको देखिएको छ। तर काला जातिका पुरुषका लागि २५ प्रतिशत मात्र गाडी रोकिएको थियो।

अनुसन्धानमा कार चालकले नश्लवादी विचार पनि राख्ने गरेको पाइयो। तर महँगा कारले भने जातियतालाई मध्यनजर नगर्ने कसैको लागि पनि गाडी नरोक्ने देखिएको छ। एजेन्सी

बजाजले दशै संगै सार्वजनिक गर्यो मोटरसाइकलको मुल्य (मुल्यसहित)

Previous articleसतर्कता अपनाउन दोहास्थित नेपाली दूतावासको अपिल
Next articleकोरोनाका कारण ठूलो सवस्टेशनको काम प्रभावित: कुलमान घिसिङ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।