सतर्कता अपनाउन दोहास्थित नेपाली दूतावासको अपिल

१८ फागुन, काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ ।

कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो ।

संक्रमण देखिएपछि इरानबाट कतार फर्केका ३६ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको छ । संक्रमीत व्यक्ति फर्केका जहाजबाट आएकाहरूलाई पनि कतारले क्वारेन्टाइनमा राखेको छ ।

कतारमा हुनुहुन्छ ? थाहा पाउनुहोस् काम अनुसार दूतावासमा सम्पर्क गर्ने इमेल ठेगाना

Previous articleमिथिला संस्कृति अध्ययन केन्द्र निर्माणको थालनी
Next articleवैज्ञानिकहरुले भनेः महँगा कार चढ्ने मानिस मूर्ख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।