देउवाले पद र पैसा बाँढेर महाधिवेशन प्रभावित पार्न खाजे : रामचन्द्र पौडेल

मकवानपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित कार्य गरेको बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले आईतबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले भने, ‘सभापति देउवाले पद र पैसा बाढेर नेपाली कांग्रेसको महाधिवेशनलाई प्रभावित पार्ने काम गरेका छन्, जुन हामीलाई मान्य छैन ।’

‘नेपाली कांग्रेसको आउँदो महाधिवेशनलाई प्रभावित पार्ने गरि सभापति देउवाले निर्वाचित भएको चार वर्षपछि विधान भन्दा धेरै संख्यामा विभाग गठन गरेकोेमा आपत्ती छ’, पौडेलले भने, ‘सभापतिले महाधिवेशन सकिएको कम्तिमा ६ महिनाभित्र गर्नुपर्ने काम अहिले आएर गरेकोमा उनले पद बाढ्ने, पैसा बाढने कामलेक कांग्रेसलाई घाटा पुग्ने छ ।’ नेपाली कांग्रेस अहिले बलियो प्रतिपक्ष भएर संसदमा प्रस्तुत हुनुपर्नेमा आफै अलमलिएको भन्दै उनले सभापतिको ब्यवहारले पार्टीलाई अप्ठेरो परेको भनाई ब्यक्त गरे ।

अहिलेको सरकार भ्रष्टाचारको दलदलमा फसेको र भ्रष्टाचारीलाई जोगाउन स्वयम् प्रधानमन्त्रीनै अघि सरेको आरोप समेत उनले लगाए । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालो पार्टी नेतृत्वको रबैया ठिक नभएको कारण कांग्रेस अप्ठेरो अवस्थामा आएको बताए ।

‘पार्टीलाई बलियो बनाउनको लागि आफुहरु देश दौडाहमा लागेका छौं’, कोइरालाले भने । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डाक्टर रामशरण महत लगाएतका नेताहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको हो ।

The post देउवाले पद र पैसा बाँढेर महाधिवेशन प्रभावित पार्न खाजे : रामचन्द्र पौडेल appeared first on Rajdhani Daily News.

निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

Previous articleअष्ट्रेलियामा कोरोनाले एक जनाको मृत्यु
Next articleदक्षिण कोरियामा कोरोनाले लियो १८ को ज्यान, संक्रमितको संख्या ३७ सय नाघ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।