
शनिबारदेखि आइतबार बिहानसम्म कोरियामा ५८६ जना थप कोरोना संक्रमित थपिँदा त्यहाँ कोरोनाबाट संक्रमितको संख्या ३ हजार ७३६ पुगेको सीएनएनले जनाएको छ।

संक्रमितमध्ये २ हजार ५६९ जना थेगु शहरको भएको बताइएको छ। उनीहरु सिनचियोन्जी चर्चका सदस्य भएको बताइएको छ।
कोरियामा यसै चर्चबाट कोरोनाको संक्रमण फैलिएको थियो। थेगुमा संक्रमितको संख्या थप बढ्दै जाँदा दुईहप्ताका लागि त्यहाँका ८ सय विद्यालयको पठनपाठन स्थगित गरिएका छन्।
आइतबार बिहानसम्म विश्वमा ८७ हजार ११६ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये २ हजार ९८३ जनाको मृत्यु भइसकेको छ।
४१ हजार ९५८ जना उपचारपछि स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाबाट संक्रमित ७९ हजार ८२४ छन् भने त्यहाँ मृतकको संख्या २ हजार ८७० पुगेको छ।
मु’स्लिम अर’बिक महिलालाई ग’र्लफ्रेन्ड बनाउदा काठमाण्डौमा म’हल बन्यो…


