नवलपरासीमा सुन पसलबाट ८० तोला सुन र नगद चोरी

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ काँग्रेस चोकमा शनिबार राति सुनचाँदी पसलबाट ८० तोला सुन र ८ लाख नगद चोरी भएको छ ।

काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ८० तोलाभन्दा बढीको सुन र ८ लाख नगद चोरी भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

पसलबाट शनिबारराति ७० देखि ८० तोला सुन र ८ लाख नगद चोरी भएको पसलका सञ्चालक उमेश गहतराजले जानकारी दिए ।

राति नै पसलमा चोरी भएको भए पनि विहान पसल खोल्न आउँदा पसलमा चोरी भएको आफूले थाहा पाएको उनले बताए । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए ।

थपाका अनुसार प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभि र पुलचोक सहितको सिसीटिभी फुटेको निगरानीबाट घटनाको सुक्ष्म ढंगले अध्ययन गरिरहेको छ ।

सिसिटिभी फुटेजमा ३ जना युवाहरु मिलेर पसल चोरी गरेको र माक्स प्रयोग गरेको फेला परेको र सोहीको आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चोरी गरेर समान गरिएको ठेला बरामद गरे पनि चोरी भएको समान र चोर भने पक्राउ पर्ने सकेको छैन ।

The post नवलपरासीमा सुन पसलबाट ८० तोला सुन र नगद चोरी appeared first on Rajdhani Daily News.

साउदीमा पासपोर्टको म्याद सक्किदै छ? यस्तो छ रियादमा रहेको दुताबासको सूचना

Previous articleसंविधानको सफल कार्यान्वयनबाट सङ्घीयता स्थापित हुने मन्त्री हृदयेश त्रिपाठीको भनाइ
Next articleकोरोनाभाइरस के हो? यसको संकेत देखिए के गर्नुपर्छ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।