साउदीमा पासपोर्टको म्याद सक्किदै छ? यस्तो छ रियादमा रहेको दुताबासको सूचना
नेपाल दुतावास रियाद साउदी अरवले पासपोर्ट नवीकरण गर्नु पर्ने सम्पूर्ण साउदी अरवमा कार्यरत नेपाली श्रमिकहरुको सुविधालाई मध्यनजर गरेर अनलाईन फर्म भर्ना आग्रह गरेको छ । अनलाइन फर्म प्राप्तको आधारमा पाई पर्ने स्थानीय निकाय (दमाम,जुवेल,अलहासा,हाफर अल्वातेन,हायल,अल्कासिम ) मा निकट भविष्यमा नै अस्थायी नबिकरण शिबिर राखिने र प्राप्त आवेदनमा फोटो खिच्ने,औठा छाप र हस्ताक्षर लिने कार्य हुने सुचनामा स्पस्ट लेखिएको छ ।
फर्म भर्दा नागरिताको फोटो कपी तथा राहधानीको फोटो भएको पेज र अन्तिम पेजको फोटो कपी अनिवार्य संलगन गर्नु पर्ने पनि सुचनामा लेखिएको छ । सुचनामा यो पनि स्पस्ट लेखिएको छ जसले अनलाईन फर्म भरेका छन् उनीहरुले मात्र यो नवीकरण अस्थायी शिविरबाट यो सेवा प्राप्त गर्न सक्ने छन् । त्यसकारण सबै पासपोर्ट नबिकरण गर्न चाहनेलाई अनलाईन फारम भरी यो सुविधा लिन दुतावासले अनुरोध गरेको छ । अनलाईन फर्म भर्नाको लागि तलको लिंक क्लिक गर्नु होला ।

यस्तो छ दुताबासको सूचना
राहदानी (पासपोर्ट) नवीकरणका लागि आवेदन फारम भर्नुहुन राजदूतावासको पुनः अनुरोध ।
साउदी अरबका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्नुपर्ने भएमा राजदूतावासले फेसबुक पेजमा सार्वजनिक गरेको अनलाइन फारम भर्न अनुरोध गरिएको थियो । उक्त फारम भर्दा हालको राहदानी र नागरिकताको फोटोकपि समेत पठाउन अनुरोध गरिएको जानकारी नै छ ।
राजदूतावासले अनलाइनबाट प्राप्त फारमहरुको संख्याको आधारमा निकट भविष्यमा विभिन्न पायक पर्ने स्थानहरु (दमाम, जुवेल, अलहासा, हाफरअलबातेन, हायल, अलकासिम लगायत अन्य स्थानहरु) मा अस्थायी कार्यलय स्थापना गरी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि काम समेत) संकलन गर्ने कार्यक्रम बनाएको हुँदा यो सेवाबाट लाभ लिनुहुन अनुरोध छ ।
हाललाई अनलाइन फारम भरेकाहरुलाई मात्र यो सेवा प्रदान हुने भएकोले अनलाइन फारम भर्नुहुन पासपोर्ट नवीकरण गर्न चाहने सवैलाई पुनः सूचित गरिन्छ । राहदानीको फोटो भएको र अन्तिम पेजको र नागरिकताको फोटोकपि अनिवार्यरुपमा संलग्न गर्नुहुन अनुरोध छ । फारम भर्नका लागि साथिभाइको सहयोग लिन सकिने समेत अनुरोध छ । नेपाली राजदूतावास, रियाद । २०७७।७।१७
अनलाईन फारम भर्ना यँहा क्लिक गर्नुहोला


