कोरोनाभाइरस के हो? यसको संकेत देखिए के गर्नुपर्छ?

आइतबारसम्म विश्वमा ८७ हजार ५०१ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये २ हजार ९९४ जनाको मृत्यु भइसकेको छ।

४१ हजार ९५८ जना उपचारपछि स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाबाट संक्रमित ७९ हजार ८२४ छन् भने त्यहाँ मृतकको संख्या २ हजार ८७० पुगेको छ।

कोरोना हाल विश्वका ४० भन्दाबढी मूलुकमा फैलिसकेको छ। कोरोना प्रकोपले यतिबेला महामारीको रुप लिने खतरा देखिएको छ।

वुहानबाट फैलिएको कोरोनाभाइरस के हो?

कोभिद–१९ कोरोनाभाइरस परिवारको भाइरस हो। यस भाइरस पहिले कहिल्यै मानिसमा देखिएको थिए। वुहानको हुवानान सिफुड ‘माछाजन्य जीव पाइने’ होलसेल मार्केटमा काम गर्ने व्यक्तिमा पहिलो कोरोना संक्रमण देखिएको थियो।

Image result for corona virus

कोरोनाभाइरसको लक्षण के–के हो?

यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी निस्कने, घाँटी दुख्ने संकेत देखिन्छ। संक्रमण गम्भीर बनेको अवस्थामा मानिसका अंगले काम गर्न छाड्छ। भाइरल निमोनिया निम्त्याउने भएकाले यसको संक्रमणपछि एन्टीबायोटिकले काम गर्दैन। फ्लूविरुद्ध प्रयोग हुने औषधिले यस भाइरस मार्न सक्दैन। संक्रमणबाट निको हुने सम्भावना मानिसमा रहेको प्रतिरक्षा प्रणालीमा निर्भर हुन्छ। कोरोनाबाट धेरै ज्यान गुमाउनेहरु अस्वस्थ्य मानिसहरु हुन्।

मानिसबाट सर्छ कोरोनाभाइरस

यस नयाँ कोरोनाभाइरस मानिसदेखि मानिसमा अत्यधिक सरेको देखिएको छ। कोरोना संक्रमितसँग नजिकैबाट बोल्दा उनको थुक, कफको थोपाबाट यस भाइरस सर्छ। कोरोना संक्रमितले छोएको बस्तुसँग मानिसको मुख, नाक र आँखा सम्पर्कमा आए यस भाइरस सर्छ।

कफ भएको अवस्थामा के गर्ने?

बेलायतको स्वास्थ्य अधिकारीहरुले कफ भएको अवस्थामा अस्पताललाई खबर गर्न सुझाव दिएको छ। कोरोनाको कुनैपनि लक्षण देखिए अस्पताल भर्ना हुनुपर्छ।

कोरोनाभाइरस प्रभावित क्षेत्रबाट भ्रमण गरेर फर्केको भए घरभित्रै कोहीसँग सम्पर्कमा नआएर बस्नुपर्छ। अस्पतालमै उपचार गराउन चिकित्सकहरु सुझाव दिन्छन्।

कोरोनाबाट कसरी बच्ने?

हालसम्म कोरोनाको औषधि बनिसकेको छैन। विश्व स्वास्थ्य संगठनले विश्वभर २० भन्दाबढी कोरोनाको भ्याक्सिन बनिरहेको बताएको छ। तत्काललाई कोरोनाबाट बच्न हामीले कोरोनाबाट संक्रमित बिरामीसँग सम्पर्क गर्नुहुन्न।

मुख र नाक मास्कले छोप्नुपर्छ। कफ र नाकबाट पानी बग्ने समस्या भए त्यसलाई हातले छुनुहुन्न। साबुन पानीले लगातार हात धुने गर्नुपर्छ।

विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः

–स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस्।

–हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस्

–ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस्

–ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोस् र चिकित्सकलाई आफ्नो यात्राको विवरण दिनुहोस्

–जीवजन्तुबाट उत्पादित खानेकुरा काँचै तथा कम पकाएर नखानुस्। मासु वा दूधजस्ता खानेकुरा तयार गर्दा काँचोबाट पाकेकामा संक्रमण हुन नदिनोस्।

कोरोनाको संकेत देखिए क्वारेन्टाइनको नियम पालना गर्नुपर्छ। १४ दिनसम्ममा कोरोना भाइरस लागे नलागेको चिकित्सकले पत्ता लगाउँछन्। त्यसपछि बाँकी उपचार सुरु हुन्छ। एजेन्सी

साउदी: ५ नोभेम्बरमा थप व्यक्तिहरुको Exit Visa लाग्यो; यस्तो छ दुताबासको सूचना

Previous articleनवलपरासीमा सुन पसलबाट ८० तोला सुन र नगद चोरी
Next articleकोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।