कोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव

चुम्बनबाट पनि कोरोनको संक्रमण फैलने भएपछि फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भेरानले चुम्बन नगर्न सुझाव दिएका हुन्।

‘ला बिसे’ संस्कार फ्रान्समा प्रचलित छ। ला बिसे संस्कारअनुसार मानिसहरुले एक अर्कालाई चुम्बन गर्दछन्।

मन्त्री भेरानले हात नमिलाउन पनि आफ्ना नागरिकहरुलाई आग्रह गरेका छन्। फ्रान्समा आइतबारसम्म एक सयजना कोरोनाबाट संक्रमित बनेका छन् भने त्यहाँ २ जनाको मृत्यु भएको छ।

आइतबारसम्म विश्वमा ८७ हजार ५०१ जनामा कोरोनाको संक्रमण देखिएको छ। तीमध्ये २ हजार ९९४ जनाको मृत्यु भइसकेको छ।

४१ हजार ९५८ जना उपचारपछि स्वस्थ बनेका छन्। चीनमा मात्र कोरोनाबाट संक्रमित ७९ हजार ८२४ छन् भने त्यहाँ मृतकको संख्या २ हजार ८७० पुगेको छ।

कोरोना हाल विश्वका ४० भन्दाबढी मूलुकमा फैलिसकेको छ। कोरोना प्रकोपले यतिबेला महामारीको रुप लिने खतरा देखिएको छ।

यो पनि।

कोरोनाभाइरस के हो? यसको संकेत देखिए के गर्नुपर्छ?

 

साउदीमा काम गर्नेलाई खुशीको खबर: कानुनमा व्या’पक सुधार हुँदै, कम्पनी फेर्न पनि पाईने

Previous articleकोरोनाभाइरस के हो? यसको संकेत देखिए के गर्नुपर्छ?
Next articleखप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।