खप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि रुस्लान थ्रीस्टार र आयोजक सुदुरपश्चिम-११ भिड्ने भएका छन्।
धनगढी रगंशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा अर्को ए डिभिजन क्लव हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफमा १ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा कुनै गोल गर्न सकेन। थ्रीस्टारका लागि आशिष राईले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा गोल गरे। थ्रीस्टारका अशोक खवासको कर्नर प्रहारमा सन्जोक राईले गरेको हेडरमा आशिषले जाली चुमाएका थिए।

आजको खेलको म्यान अफ दि म्याच अनन्त तामाङ बने। उनले १० हजार रुपैयाँ पाए।

यसअघि शनिबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई २–१ ले हराउँदै आयोजक सुदुरपश्चिम–११ पहिलो पहिलो पटक उपाधि नजिक पुगेको हो।

उपधि भिडन्त पर्सि मगंलबार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले २१ लाख १ हजार तथा उपविजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

खतरामा कोसी ब्यारेज, ५६ ढोका खोलियो

Previous articleकोरोनाको त्रासः चुम्बन नगर्न फ्रान्सेली स्वास्थ्यमन्त्रीको सुझाव
Next article‘वर्ग संघर्षको कुरा चित्त बुझेन जुत्ता हानेँ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।