सिंघम र सिम्बाको सिक्वेल सूर्यवंशी

मुम्बई । हलिउडमा जस्तै बलिउडमा पनि दुई वा सो भन्दा बढी फिल्मका पात्रलाई जोडेर मल्टी सिक्वेल फिल्न निर्माण भएको छ । रोहित सेट्ठीले यस अघि निर्माण गरेको फिल्म ‘सिंघम’ र रणवीर सिंह अभिनित फिल्म सिम्वालाई जोडेर यसको मल्टी सिक्वेलका रूपमा नयाँ फिल्म ‘सूर्यवंशी’ निर्माण गरेका छन् ।

यो फिल्म यही २४ मार्चमा विश्वव्यापी रिलिज हुने भएको छ । बलिउडका एक्सन अभिनेताका रूपमा परिचित तीन अभिनेता अजय देवगन, अक्षयकुमार र रणवीर सिंह यो फिल्ममा विगतका आफ्नो फिल्मका चरित्रमै हुनेछन् ।

फिल्ममा सिंघमकै रूपमा अजय देवगन प्रस्तुत हुने भएका छन् । यसमा उनी विशेष भूमिकामा भएको बताइएको छ । फिल्ममा अक्षयकुमार सशक्त भूमिकामा छन् । अक्षयसँगै अजय र रणवीर प्रस्तुत हुँदै छन् ।

बलिउडका लागि मल्टी सिक्वेल प्रस्तुत दर्शकलाई नयाँ हुने दाबी यसका निर्देशक रोहितको छ । फिल्मलाई एक्सन प्रधान बनाइएको पनि निर्देशक रोहितले बताएका छन् ।

सिंघम ३ पछिको कथा यसका नायक बाजिराव सिंघमले प्रस्तुत गर्ने कथा निर्देशक रोहितको छ । यस्तै जिम्मामा प्रहरीकै रूपमा प्रस्तुत भएका रणवीरको पात्रलाई पनि यो फिल्ममा सोही स्टाइलमा प्रभावशाली कार्य गरेको दर्शकले देख्न पाउने पनि यी निर्देशकले बताएका छन् ।

The post सिंघम र सिम्बाको सिक्वेल सूर्यवंशी appeared first on Rajdhani Daily News.

आज वि.सं.२०७७ साल मङ्सिर २९ गते सोमबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

Previous articleनेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल
Next articleप्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई मुद्दा चलाउने तयारी, एसएसपीको नेतृत्वमा छानविन समिति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।