आज वि.सं.२०७७ साल मङ्सिर २९ गते सोमबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

0
45

आज वि.सं.२०७७ साल मङ्सिर २९ गते सोमबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा मन्दि आउनेछ भने लगानी गर्ने वातावरणमा टरेर जानेछ । तपाइको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जन हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आषा नगर्नुहोला । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुकको धन सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेकोछ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ । भिडभाडमा नजाने,सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि कृषि तथा पशुपलानमा लगानी गर्न सकिनेछ । लक्ष्य प्राप्तीको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काममा हात हाल्ने समय रहेपनि उपलब्धि भने ढिला मात्र प्राप्त हुनेछ । पढाइ लेखाइमा समय खर्चिए पनि भनेजस्तो रिजल्ट नआउने योग रहेकोछ । अरुकै काममा समय जाने हुनाले आफ्नो काम थाति रहनेछ । अध्यात्म तथा धार्मिक क्षेत्र समय खर्चिए केहि लाभ हुनेछ । प्रशासनिक क्षेत्रमा अनावश्यक ढिला सुस्तिको चपेटामा परिनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा मामा माइजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रा स्थगित गर्नुहोला । रमाइला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखी कामगर्न सकिनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताइरहेनछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । तरपनि भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।

विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

Previous articleभिजिट भिषामा विदेश जानेलाई झन् क’डा नियम: २० लाख बिमा, एसएलसी पास र अंगेजी भाषा अनिवार्य
Next articleजय पशुपतिनाथ !! नौ महिना देखि बन्द पशुपतिनाथको मन्दिर आज देखि खुल्यो