कोरोनाविरुद्ध कोरियाले थाल्यो युद्ध, छुट्यायो २५ अर्ब डलर बजेट

दक्षिण कोरियाले कोभिड-१९ अर्थात् कोरोना भाइरसविरूद्ध युद्ध नै थालेको जनाएको छ।

त्यहाँका राष्ट्रपति मुन जाइ इनले मंगलबार आफ्नो देश यो भाइरसको संक्रमण नियन्त्रणका लागि युद्धमा गइसकेको बताएका हुन्।

योन्हाप न्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले कोरोना रोकथामका लागि २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जानकारी दिएका छन्।

साथै उनले देशका सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन पनि दिएका छन्।

दक्षिण कोरियामा हिजो सोमबार मात्र ६ सय जना थप संक्रमित भएका छन्।

योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ जना पुगेको छ।

संक्रमणबाट कोरियामा अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ।

 

अन्तत: लाउरे-लाउरिनी मिले; डि’भोर्स पछी राहुलले हाले सिन्दुर

Previous articleकोरोनाका शंकास्पद पाँच बिरामी टेकु अस्पतालमा भर्ना
Next articleहोली पर्व सुरु भएको जनाउ दिँदै वसन्तपुरमा ठडियो चीर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।