भाजपाकी सांसदले संसदमै भनिन्ः गाईको गहुँत र गोबरले कोरोनाभाइरस निको पार्छ

हरिप्रियाले गहुँत र गोबरले कोरोनाभाइरस निको हुने बताएपछि यस विषयले भारतभर चर्चा पाएको छ।

इकोनोमिक टाइम्सका अनुसार उनले संसदमा भनेकी थिइन्,‘हामीलाई थाहा छ गाईको गोबर कति प्रभावकारी छ। त्यस्तै, जब हामी गहुँत छर्कन्छौं त्यसले उक्त स्थान पवित्र बनाउँछ। मलाई विश्वास छ हामीले गहुँत र गोबरको प्रयोगबाट कोरोनाभाइरस निको पार्नसक्छौं।’

भारतमा हालसम्म ६ जना कोरोनाभाइरसबाट संक्रमित बनेका छन्। विश्वभर ९१ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। कोरोनाको संक्रमणबाट ३ हजार ११६ जनाको मृत्यु भइसकेको छ।

वैज्ञानिकहरुले हालसम्म पनि कोरोनाको औषधि पत्ता लगाउन सकेका छैनन्। यसबीचमा हरिप्रियाको भनाइ आएको हो।

२८ फेब्रुअरीको सुचना; कतारमा Passport Renew गर्न दिनुभएको छ?

Previous articleपोपले गराए कोरोनाको जाँच
Next articleमेस्सीको रेकर्ड तोडे ब्राजिलका यी १९ वर्षीय खेलाडीले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।