पोपले गराए कोरोनाको जाँच

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले ज्वरो आएपछि कोरोना भाइरसको जाँच गराएका छन्। तर, उनको नतिजा नेगेटिभ आएको छ।

पछिल्लो समय ८३ वर्षीय पोपलाई खोकी, ज्वरो, घाँटी दुख्नेजस्ता समस्याले सताएको थियो। त्यसपछि उनले नमुना जाँच गराएका थिए।

स्वास्थ्य समस्या आएपछि उनले केही कार्यक्रम पनि स्थगित गरेका थिए।

यतिबेला उत्तरी इटली कोरोना भइरसको संक्रमणसँग जुधिरहेको छ। जसबाट इटलीमा ५२ जनाको ज्यान गइसकेको छ। एजेन्सी

२७ फेब्रुअरीको सूचना -नयाँ पासपोर्ट तयार भएर आयो, तपाईको आयो नि आएन?? तुरुन्त हेर्नुहोला

Previous articleभारतीय गाडी नेपाल छिर्न दूतावासको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न माग
Next articleभाजपाकी सांसदले संसदमै भनिन्ः गाईको गहुँत र गोबरले कोरोनाभाइरस निको पार्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।