अधुरै रह्यो एसिया कप छनौट खेल खेल्ने नेपालको सपना

एसीसी इस्र्टन रिजन टी–ट्वान्टी क्रिकेटबाट नेपाल एक खेल अगावै बाहिरिएको छ।

बुधबारको खेलमा सिंगापुरसँग हङकङ १६ रनले पराजित भएसँगै नेपालको एशिया कप छनोट खेल्ने सपना तुहिएको हो।

आजको खेलमा हङकङले सिंगापुरलाई हराएको भए नेपाल एसिया कपमा पुग्ने झिनो सम्भावना बाँकी हुन्थ्यो। तर, सिंगापुरको जितसँगै नेपालको एसियाकप छानौट खेल खेल्न सपना अधुरै रह्यो।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। आफ्नो तेस्रो खेलमा थाइल्यान्डलाई ९ विकेटले हराउँदै कीर्तिमानी जित निकाले पनि नेपाल शीर्ष २ मा रहन सकेन।

पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाउन सक्यो।

आफ्नो अन्तिम खेलमा नेपालले शीर्षस्थानको सिगांपुरको सामना गर्नेछ।

आरुषी मिडिया द्वारा संचालित अनलाईन उद्धोषण तालिम सम्पन्न

Previous articleयी हुन् ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर
Next articleसेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिक प्रालिबीच सम्झौता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।