आरुषी मिडिया द्वारा संचालित अनलाईन उद्धोषण तालिम सम्पन्न

चितवन,जेठ १८- चितवनको भरतपुर-१० स्थित आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि द्वारा संचालित “१० दिने अनलाईन उद्धोषण तालिम”आज सम्पन्न भएको छ। गत जेठ ९ गते बाट संचालन भएको उक्त कार्यक्रममा उद्धोषण कला,समाचार तथा रिपोर्ट लेखन र वाचन,रेडियो तथा टेलिभिजन पत्रकारीता ,भाषण कला लगायतका बिषयमा प्रशिक्षण गरिएको थियो।

वरिष्ठ रेडियोकर्मि मनोज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा ३० जना प्रशिक्षार्थी सहभागी भएका थिए। तालिममा माउन्टेन टेलिभिजनका पत्रकार राजाराम गौतम ,प्राईम ब्रोडकाष्टिङ्ग प्रा.लि का अध्यक्ष एवं जनता टेलिभिजनका पत्रकार सन्त कुमार चौधरी,कालिका एफ.एममा कार्यरत कुशल संचारकर्मी करिष्मा थापा साथै नयाँ पत्रीका दैनिकका पत्रकार विवेक पोख्रेल प्रशिक्षकका रुपमा रहेका थिए।

कार्यक्रम तालिमका प्रशिक्षार्थी बेदराम कँडेलले सन्चालन गरेका थिए।कार्यक्रम आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि का अध्यक्ष एवं संचारकर्मी सन्तोष बस्ताकोटिको अध्यक्षतामा सम्पन्न भएको थियो।

https://ujyaalonepalnews.com/archives/14502

Previous articleविदेश बाट फर्किएका हवाई यात्रु क्वारेन्टाइन बस्नको लागी तोकियो ७८ होटल; मूल्य कति?
Next articleश्रम गर्न विदेश गएका नेपाली उतै रक्सि पार्दै बेच्दै; तीनजनालाई देश निकाला गर्ने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।