संसदीय दलका नेताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक विज्ञप्ति जारी गरी रुपन्देही तिलोत्तमा नगरपालिका–१४ खैरियाका ८२ वर्षीय पोखरेलको निधनमा दुःख व्यक्त गरे ।

माघ १९९४ मा प्यूठानमा जन्मिएका पोखरेलको सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय पोखरेल एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।

२०१३ सालमा नेपाल छात्र सङ्घबाट जयतु संस्कृतम नारासहित राजनीति सुरु गरेका स्वर्गीय पोखरेल पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व महासमिति सदस्य तथा २०२६ देखि २०३७ सम्म पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको सचिव थिए ।

नेपालमा प्रजातन्त्र स्थापनामा जेल जीवनसमेत व्यतित गरेका पोखरेल २०७४ को आम निर्वाचनमा प्रदेश ५ मा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशको सभामुखको जिम्मेवारी समेत सम्हालेका थिए ।

सभापति देउवाले स्वर्गीय पोखरेलले नेपाली काँग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको जनाए ।

नेता पोखरेलको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्तब्ध बनाएको बताए ।

मुख्यमन्त्री पोखरेलले सोमबार जारी गरेको शोक विज्ञप्तिमा स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरिएको छ ।

The post संसदीय दलका नेताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त appeared first on Koshi Online.

पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

Previous articleमैत्रीपुर्ण खेलमा क्यान ११ एक सय ३५ रनले विजयी
Next articleसरकारी लक्ष्य भन्दा चालु आर्थिक वर्षमा मुल्यवृद्धि नियन्त्रण बाहिर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।